साउदी अरबमा अवैधानिक बिदेशी कामदारलार्इ ९० दिने आममाफी

By admin on Mar 19 in Careers.

७ चैत, काठमाडौं । साउदी अरब सरकारले अवैधानिक रूपमा बसेका विदेशी कामदारलाई ९० दिने आममाफी दिने घोषणा गरेको छ । यो चैत १६ गतेदेखि लागू हुनेछ ।

साउदीका राजकुमार एवं उपप्रधान तथा गृहमन्त्री मोहम्मद विन नइफले ‘अ नेशन विथआउट भ्वाइलेन्स’ नामक अभियान थाल्नै आममाफीको घोषणा गरेका हुन् । यो अवधिमा श्रम ऐन उल्लंघन गर्दै साउदी अरबमा बसेका विदेशी कामदारले विना सजाय देश छाड्न सक्नेछन् ।

नइफले नियम उल्लंघन गरेकाहरुलाई यो व्यवस्थाको लाभ लिन र आफ्नो छवी सुधारका लागि प्रयोग गर्न आग्रह गरे । उनले आफ्ना अधिकारीहरुलाई निर्देशन दिँदै यो सुविधाको लिन चहनेहरुको लागि आवश्यक प्रक्रिया मिलाउन समेत निर्देशन दिएको अरव न्यूजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता मनसुर अल टुर्कीका अनुसार यो अभियान १९ वटा सरकारी निकायहरुले सञ्चालनमा ल्याउने छन् । यस्तो सुविधा हज वा उम्राहको दर्शनको लागि आएर भिषा अवधि समप्त भएपछि पनि घर फिर्ता नभएका र भिसासँग सम्बनिधत अन्य मामिलामा पनि यो सुविधा लागु हुनेछ ।

प्रवक्ता टुर्कीले आप्रवासी कामदार तथा कामको अनुमति नपाएका सीमा क्षेत्रमा सुराकीको लागि आएकाहरुको सम्बन्धमा अपनाइने प्रक्रियाको टुंगो लगाइने बताए । यस्ता व्यक्तिलाई ट्राभल परमिट जारी गरिनेछ ।

वैदेशिक रोजगार विभाग र पासपोर्ट विभागले यसको लागि आवश्यक तयारी सकिसकेको जानकारी दिइएको छ ।

परिचय पत्र नभएका आप्रवासी कामदार र धार्मिक भ्रमणमा आएर लामो अवधि बसेकाहरुले यो सुविधा लिन पासपोर्ट विभाग जानै पर्ने छ । साउदी अरब सरकारले आफ्ना देशवासीलाई वर्क पर्मिट र आवसीय नियम उल्लघंन गरेकाहरुलाई काममा नलगाउन समेत आग्रह गरेको छ ।

यो सुविधा अवधि समाप्तिपछि पनि बसाई नटुंगाउनेहरुले भने जरिजाना सहित सजाय भोग्नु पर्ने पनि त्यहाँको सरकारले स्पष्ट पारेको छ ।

यसअघि ३ वर्ष पहिले यस्तै कार्यक्रम सञ्चालनमा ल्याउँदा करिब २५ लाख मानिसले साउदी छोडेका थिए ।

admin

Add Comment

Top